मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शिक्षकहरूको एक महिने आन्दोलनको उपलब्धी, शिक्षामन्त्रीबाट विद्या भट्टराईको बर्खास्ती

barnanmedia.com · Wed Apr 30 22:21:15 GMT 2025

कुनै पनि आन्दोलनको समाधान वार्ता, संवाद अनि सहमति, सम्झौता हो। होइन भने आन्दोलन तुहिन्छ वा अराजकता निम्त्याउछ। एक महिनादेखि सडक आन्दोलनमा रहेको सामुदायिक विद्यालयका शिक्षक सहमतिमा आएका छन्, बुधबारको सहमतिअनुसार अब बिहीबारबाट आन्दोलन टुंगिनेछ। सम्भवतः शुक्रबारबाट भर्ना अभियान, पठनपाठन हुनेछ।

तर, सहमतिका बुँदा हेर्नुअघि चरम राजनीति हेर्नुपर्छ। शिक्षकको आन्दोलन अनि प्रधानमन्त्री केपी ओलीको पेलाइका कारण विद्या भट्टराईले ८ वैशाखमा पदबाट राजीनामा दिइन्। त्यतिखेर शिक्षकहरूको अडान थियो, शिक्षामन्त्रीसँग होइन, सिधै प्रधानमन्त्रीसँग वार्ता गर्छाैँ। शिक्षकले विभागीय मन्त्रीलाई नै टेरेनन्। तत्कालीन शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव तयार पारिन। तर, पनि न प्रधानमन्त्री ओलीले संवोधन गरे न त शिक्षकले नै सहमति जनाए। बरु शिक्षा ऐन लिएरै जाने अनि उधारोमा होइन नगदमा सहमति गर्ने अडान राखे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)