के छ प्रचण्डको राजनीतिक प्रतिवेदनमा ?
nayapatrikadaily.com · Mon Dec 27 00:46:00 GMT 2021
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी कार्यदिशा र कार्यक्रमसहितको राजनीतिक प्रतिवेदन पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रमा पेस गर्ने भएका छन् । ‘२१औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको आफ्नो राजनीतिक प्रतिवेदन प्रचण्डले सोमबार बन्दसत्रमा पेस गर्दै छन् । प्रतिवेदनमा भूमिका र विषय प्रवेश, संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, समाजवाद र पुँजीवादको अवस्था, विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य, पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन, नेपाली पुँजीवादको मौलिकता र समाजवादी क्रान्तिको रणनीति र कार्यनीतिबारे, समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरू, पार्टीका तात्कालिक नीति, कार्यक्रम र योजनाको रूपरेखालगायतका उपशीर्षक छन् ।
प्रतिवेदनमा प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको संविधान उल्ट्याउन दक्षिणपन्थी शक्तिहरूको र त्यसको रक्षार्थ संविधान, लोकतन्त्र, राष्ट्रिय स्वाधीनताका पक्षधर राजनीतिक शक्तिहरूका बीचमा ध्रुवीकरण र मोर्चाबन्दी भइरहेको विश्लेषण गरेका छन् । उनले ‘वाम लोकतान्त्रिक शक्तिहरूले आफ्नो विचारलाई अझ स्पष्ट र धारिलो पार्नु, आफ्नो राजनीतिक मुद्दालाई ढृढताका साथ जनसमुदायमा स्थापित गर्नु र आफ्नो आचरणलाई जनहितअनुकूल बनाउन अझ जोड लगाउन आवश्यक’ रहेको औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)