मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वामपन्थी एकता : ३ दल ३ तिर

rajdhanidaily.com · Sun Apr 21 23:11:32 UTC 2024

काठमाडौं । नयाँ सत्ता समीकरण निर्माणसँगै पुनः वामपन्थी एकता हुने चर्चा भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ठूला वामपन्थी दलको सहकार्य र सहभागिताले वाम एकताको चर्चा चल्नु स्वाभाविक नै थियो । तर, तिनै प्रमुख दलहरू अहिले नै वामपन्थी एकता वा समाजवादी ध्रुवीकरणको सम्भावना नभएको निष्कर्षमा पुगेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा प्रमुख तीन कम्युनिस्ट पार्टी सहभागी छन् । प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), केपी शर्मा ओली अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)सहित पाँच दलका बीचमा सत्ता सहकार्य सहमतिमा अगाडि बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)