मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चुनावमय दसैं

ekantipur.com · Mon Oct 03 00:50:01 GMT 2022

काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आउन ४८ दिनमात्रै बाँकी छ । प्रतिनिधिसभा र सातै प्रदेशसभाका लागि ८ सय २५ जनप्रतिनिधि छनोट हुने निर्वाचनमा राजनीतिक दलहरूले समानुपातिकतर्फका उम्मेदवार आइतबार टुंग्याएका छन् । समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएसँगै दलहरू प्रतिनिधिसभाको उम्मेदवार चयन गर्न अन्तिम तयारीमा लागेका छन् ।

प्रतिनिधिसभाका सम्भावित उम्मेदवारहरू आआफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । दसैंको अवसरमा गाउँ गएका मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरूले भेटघाट र शुभकामना आदानप्रदान बढाएका छन् । दसैं मनाउन सहरबाट गाउँ गएका मतदाता चुनावको माहोलमा छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)