मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हिमपहिरोमा ६ बेपत्ता : हिमाली क्षेत्रमा यार्सा टिप्न गएका दार्चुलामा पाँच र बझाङमा एक बेपत्ता

nayapatrikadaily.com · Wed May 03 00:10:00 GMT 2023

दार्चुला र बझाङमा यार्सा टिप्न गएका ६ जना हिमपहिरोमा बेपत्ता भएका छन् । दार्चुलाको व्याँस गाउँपालिका– १ बोलिङमा पाँच र बझाङको सुर्मा गाउँपालिकास्थित पार्थी हिमाल क्षेत्रमा एक बेपत्ता भएका हुन् ।

दार्चुलाको बोलिङमा बेपत्ता भएकाकै टिममा रहेका सातजनाले भने भागेर ज्यान जोगाएका छन् । सोही क्षेत्रमा पुगेका अर्को टोलीका १४ जना पनि ओडारमा लुकेर जोगिएका छन् । सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुका डिएसपी ईश्वरीदत्त भट्टका अनुसार मंगलबार अपराह्न पौने ३ बजेतिर हिमपहिरो गएको थियो । यार्सा टिप्न गएकाहरू त्रिपाल टाँगेर बसेको अवस्थामा हिमपहिरो खसेको उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)