नेपाल धार्मिक पर्यटनको सम्भावना भएको देश हो: उपप्रधानमन्त्री सिंह
rajdhanidaily.com · Wed Apr 30 23:38:27 GMT 2025

स्याङ्जा । नेपाल सरकारका उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल धार्मिक पर्यटनको सम्भावनाको देश भएको बताएका छन् । स्याङ्जाको वालिङमा श्रीमद् भागवत सप्ताह ज्ञान तण्डुलाचल तथा धार्मिक अनुष्ठानको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले पर्यटनको विकासमा धार्मिक क्षेत्रको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्ने बताएका हुन् ।
नेपालमा धार्मिक पर्यटनको राम्रो सम्भावना रहेको भन्दै उपप्रधानमन्त्री सिंहले समाजलाई व्यवस्थापन गर्न धर्मले महत्वपुर्ण भुमिका खेल्ने बताए । धर्मले मानिसलाई संस्कार र संस्कृति सिकाउँछ उनले भने, ‘गर्न हुने र गर्न नहुने काम आफै छुट्याउन भुमिका खेल्छ ।’ आफै निर्णय गर्न सक्ने धर्मलाई जोगाइराख्न यस्ता महायज्ञको भुमिका महत्वपुर्ण छ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)