मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रोङमा मनाइयो राष्ट्रिय कृषक दिवस

gorkhapatraonline.com · Wed Jun 10 14:00:06 GMT 2026

इलामको रोङमा गाउँपालिकामा बिभिन्न कार्यक्रम गरी आज १४ औं राष्ट्रिय कृषक दिवस मानाइएको छ । कृषि पेशालाई ब्यवस्थित, मर्यादित र ब्यावसायिक बनाउन गाउँपालिकाका किसानलाई सहभागी गराएर राष्ट्रिय कृषक दिवस मानाएको हो ।

गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाले प्रकाशन गरेको ‘गुरु किसान मार्गदर्शन’ नामक पुस्तकको बिमोचन गरिएको छ । गाउँपालिका भित्र कृषिको सम्भावना, अवसर, गुरु किसान, खेती प्रणाली, प्रविधिमैत्री खेती लगायतका बिषयमा दुईसय ८२ पृष्ठमा डा. योगेन्द्रमान श्रेष्ठ र लोकप्रिय खनालले लेख्नु भएको कितावको पालिकाभित्रका जेष्ठगुरु किसान छत्रबहादुर खड्का, गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो लगायतले संयुक्त रुपमा पुस्तक बिमोच गर्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)