आज पनि मेघगर्जनसहित चट्टयाङ्ग र हावाहुरीको सम्भावना
baahrakhari.com · Sun Apr 18 00:51:00 GMT 2021
काठमाडौं । पहाडी भू–भागका थोरै स्थानमा आज मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
विभागका अनुसार आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)