३ अर्ब ३४ करोड रकमान्तर, मधेशका दुई मन्त्रीसँग
ekantipur.com · Mon Jan 08 01:01:12 GMT 2024
जनकपुर — प्रदेश सरकारको अर्थ विविध शीर्षकमा रहेको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३ सय ४१ रुपैयाँ आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालय र स्थानीय तहमा गरेको रकमान्तरमा ‘चलखेल’ भएको भन्दै विशेष संसदीय छानबिन समितिले मधेश प्रदेशका दुई मन्त्रीसँग आइतबार बयान लिएको छ ।
जनकपुरस्थित प्रदेशसभा सचिवालयमा आइतबार बसेको संसदीय समितिको बैठकमा अर्थमन्त्री सञ्जयकुमार यादव र उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिता यादवले बयान दिएका हुन् । संसदीय समितिले मन्त्रीद्वय यादवसित छुट्टाछुट्टै बयान लिएको हो । अर्थमन्त्री यादवसित करिब १ घण्टा लामो बयानमा आर्थिक वर्षको अन्त्यतिर गरिएको बजेट रकमान्तरण, स्थानीय तहलाई दिइने विशेष, समपूरक र ससर्त अनुदानमा देखिएको कैफियतबारे सोधिएको थियो । ‘हाम्रो छानबिनबाट देखिएको त्रुटि देखाउँदै मन्त्रीद्वयसित स्पष्टीकरण सोधेका थियौं,’ विशेष संसदीय छानबिन समितिका संयोजक प्रदेश सांसद उपेन्द्र महतोले भने, ‘उहाँहरूले विधि–प्रक्रिया र ऐनलाई टेकेर रकमान्तरण र अनुदान दिइएको दाबी गर्नुभएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)