मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप छनोट : दुवैलाई जित्नैपर्ने दबाब

ekantipur.com · Sat Jun 24 00:54:31 GMT 2023

काठमाडौँ — नेदरल्यान्ड्सविरुद्ध विश्वकप छनोट क्रिकेटमा खेल्दा नेपालले एउटा तथ्य राम्रोसँग बुझेको छ, विजय हात पारेमा सुपर सिक्स प्रवेश लगभग निश्चित । समूह चरणमा शनिबार आफ्नो अन्तिम खेल खेल्दा नेपाली टोली यही परिस्थितिअनुसार खेल्ने पक्का छ ।

जिम्बावेमा भइरहेको प्रतियोगितामा नेपाल र नेदरल्यान्ड्स दुवैले १–१ खेलमा विजय हात पारेका छन् । नेदरल्यान्ड्सले थप एक खेल खेल्न बाँकी छ । नेदरल्यान्ड्स र वेस्ट इन्डिज तथा घरेलु टोली जिम्बावे र अमेरिकाबीच सोमबारको खेलपछि समूह ‘ए’ को खेल टुंगिने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)