आरोप लागेको व्यक्ति मन्त्री बन्न मिल्छ ?
ekantipur.com · Sun Apr 21 23:21:32 UTC 2024
सहकारी ठगीका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध उजुरी परेको छ । आरोपित व्यक्ति नै गृहमन्त्री भएपछि प्रहरीले कसरी निष्पक्ष छानबिन गर्ला ? सहकारीको मुद्दा छिनोफानो नभएसम्म रास्वपाले लामिछानेलाई गृहमन्त्री बनाउँदा हुँदैन ?
किन उनी नै गृहमन्त्री बन्नुपर्यो ? मेरा लागि पद सबै कुरा होइन भन्ने लामिछाने पदचाहिँ छाड्न किन मान्दैनन् ? आरोप पृष्टि भए जे सजाय भोग्न तयार छु भनेर छुटकारा पाइन्छ ? बुटवलमा रहेको सुप्रिम सहकारीका बचतकर्ता आफ्नो रकम फिर्ता पाइयोस् भनेर आन्दोलन गरिरहेका छन् । सहकारी ठगीका मुख्य नाइके जीबी राई अहिलेसम्म पक्राउ परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)