मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

अन्धविश्वासले भिजेको मन चट्टानभन्दा कठोर

ekantipur.com · Sun Apr 21 23:22:36 UTC 2024

‘भत्किए छाउगोठ, भत्किएन छाउपडी’ शीर्षकको खबरमा ४ वर्षअघि सुदूरपश्चिम र कर्णालीका १९ जिल्लामा गृह मन्त्रालयले दिएको निर्देशनबाट हजारौं छाउगोठ भत्काइए पनि सो अभियान अर्थहीन बनेको उल्लेख छ । साँफेबगर नगरपालिकामा २० वर्षीया पार्वती बुढा रावतको छाउगोठमा निसासिएर मृत्यु भएपछि गृहकै निर्देशनमा जनप्रतिनिधि, प्रहरी र स्थानीयको संलग्नतामा अभियान नै चलाएर अछाममा मात्र १० हजारभन्दा बढी छाउगोठ भत्काइएको थियो ।

गृहको निर्देशनमा ‘छाउगोठ भत्काउनु, जनचेतना जगाउनु र अटेर गर्नेलाई कानुनी कारबाही गराउनु’ भनी उल्लेख भएकाले कानुनको डरले केही समय महिला घरमै बस्न थालेका थिए । तर अहिले प्रहरी प्रशासन, स्थानीय नेतृत्व, सरकार कसैले यो समस्यामाथि ध्यान नदिँदा महिला फेरि घर बाहिर छाउगोठमा बस्ने गरेका छन् । अहिले त्यहाँ कतैबाट अनुगमन भएको पाइँदैन, न त संघ, प्रदेश र स्थानीय सरकार कसैले छाउपडी नियन्त्रणका कार्यक्रम नै राखेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)