ओलीको प्रतिवेदनले प्रचण्डलाई धक्का
ekantipur.com · Sun Apr 21 23:23:21 UTC 2024
सत्ता गठबन्धनको प्रमुख घटक एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनले अप्रत्यक्ष रूपमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धक्का दिएको छ । कांग्रेसले यसअघि नै महासमिति बैठकबाट निर्वाचन अगाडि कुनै पनि दलसँग गठबन्धन नगर्ने नीति पारित गरिसकेको हुनाले प्रचण्डका लागि गठबन्धनमा जोडिने विकल्पका रूपमा एमाले थियो ।
ओलीले प्रस्तुत गरेको प्रतिवेदनको सार भनेको अब एमाले पनि निर्वाचनमा एक्लै मैदानमा उत्रन सक्नुपर्छ र एक्लै उत्रन्छ भन्ने नै हो । यसबाट कांग्रेस र एमालेको साथबिना एक्लै निर्वाचनको मैदानमा उत्रन नसक्ने माओवादीलाई निकै ठूलो चोट पुगेको देखिन्छ । चुनावी गठबन्धन मात्रै होइन, वाम एकताका लागि एमाले र माओवादी केन्द्रका केही नेताले नै बारम्बार पहल गरिरहेको भन्ने हल्लाका बीच ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमा वाम एकता र समाजवादी ध्रुवीकरणलाई पाखा लगाइदिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)