वीरेन्द्र तालको अवस्था सामान्य, कुनै खतरा नरहेकाे विभिन्न निकायको भनाइ
Ujyaaloonline.com · Sun Apr 21 23:16:12 UTC 2024

गाेरखा – गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालको अवस्था अहिले सामान्य बनेको छ ।
आज बिहान वीरेन्द्र तालमा खसेको हिमपहिरोबाट तालको पानी छचल्किएर बग्दा बूढीगण्डकी नदीमा पानीको सतह बढेको थियो भने सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको थियो । तर अहिले अवस्था निकै सामान्य रहेको र कोही पनि आत्तिनुनपर्ने गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । गाउँपालिकाले पनि सूचना निकालेर अवस्था सामान्य रहेको र बूढीगण्डकी किनारमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)