मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संखुवासभाका किसानलाई मल बोक्न चटारो

rajdhanidaily.com · Fri Apr 12 23:20:44 UTC 2024

सभापोखरी । बिहीबार साँझ वर्षा भएसँगै संखुवासभाका अधिकांश ठाउँहरुमा बर्खे बाली लगाउने सुरसार बढेको छ। बर्खे बाली लगाउने समय सुरु भएसँगै संखुवासभाका कृषक अब मकै रोप्ने र मल बोक्ने कामका लागि खेतबारीमा खट्न थालेका छन्।

गाउँमा किसानलाई बर्खे बाली लगाउने सिजन सुरु भएसँगै वर्षा भएपछि कृषक उत्साहितका साथ मल बोक्ने र मकै बाली रोप्ने काममा लागेका छन्। अहिले कृषक मकै रोप्न दिनभर खेतबारी सफाइ गर्ने काम खटिएको सभापोखरी गाउँपालिका– १ का गोपी श्रेष्ठले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)