यस्तो छ रेकर्ड ब्रेकर लुक शाको फुटबल करियर
ratopati.com
इटलीविरुद्ध फाइनल खेलको १ मिनेट ५७ सेकेन्डमै गोल गर्ने लुक शा म्यानचेस्टर युनाइटेडबाट व्यवसायिक खेल खेल्छन् । उनले ट्रिपरको पासमा गोल गर्दै युरोकप फुटबलको फाइनलमा इङल्यान्डलाई अग्रता दिलाएका थिए ।
इतिहासमा पहिलोपटक युरोकप जित्ने आशा राखेको इङल्यान्डका लागि यो गोल निकै महत्वपूर्ण छ । रोचक कुरा, शाले इङल्यान्डका लागि गरेको यो पहिलो गोल हो । २०१४ यता, इङल्यान्डबाट १५ खेल खेलेपनि यी लेफ्ट ब्याकले अन्तर्राष्ट्रिय गोल गर्न सकेका थिएनन् । तर उनले पहिलो गोल नै अविस्मरणीय गरे । त्यतिमात्रै होइन, यो गोल युरोकपको फाइनल खेलमा गरिएको सबैभन्दा छिटो गोल हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)