काँग्रेस नेता गिरी र घले भेट्न महामन्त्री कोइराला भारत तिर
hamrakura.com · Sat Oct 23 00:00:00 GMT 2021
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइराला भारत गएका छन्। आज उनी लुम्बिनीको सीमा क्षेत्र हुँदै भारततर्फ लागेका हुन। कोइरालाले मुम्बई पुगेर त्यहाँ उपचाररत काँग्रेसका सांसद कर्मा घलेलाई भेट्ने बताइएको छ। यसैगरी उनले दिल्लीमा उपचाररत अर्का सांसद प्रदीप गिरीलाई समेत भेट्ने छन्।
घले पेन्कृयाजमा समस्या भएपछि मुम्बईमा उपचार गराइरहेका छन् भने गिरीको घाँटीसम्बन्धी समस्याको दिल्लीमा उपचार जारी छ। महामन्त्री कोइराला पर्सि स्वदेश फर्किने बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)