रोजगारीका लागि खाडीको विकल्पमा युरोप जाने क्रम बढ्यो
nepalghatana.com · Thu Oct 27 17:17:42 GMT 2022
नेपाली युवा रोजगारीका लागि खाडी र मलेसियाको विकल्पमा युरोपेली मुलुक पुग्न थालेका छन् । विशेष गरेर नेपाली युवाको आकर्षण माल्टा, पोर्चुगल र पोल्यान्डतर्फ देखिएको छ । सम्बन्धित मुलुक पुगेर निश्चित समय काम गरेपछि स्थायी बसोबासकै अवसर मिल्ने भएपछि यी देशमा व्यक्तिगत तबरमा जाने क्रम पनि बढेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार जेठदेखि असोजसम्म ८८ देशका लागि करिब २० हजार युवाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । सबैभन्दा धेरै पोर्चुगल, माल्टा र पोल्यान्ड जान खोज्ने छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)