मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारतले न्युजिल्यान्डलाई चार विकेटले हरायो, विश्व कपमा २० वर्षपछि भारतसँग न्युजिल्यान्ड पराजित

Ujyaaloonline.com · Mon Oct 23 00:46:03 GMT 2023

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्व कप क्रिकेट २०२३ को शीर्ष स्थानमा रहेका दुई देशबीचको खेलमा भारतले न्युजिल्यान्डलाई चार विकेटले पराजित गरेको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनायो । न्युजिल्यान्डका ड्यारेल मिचेलले एक सय ३० रन बनाए । यस्तै, रचिन रविन्द्रले ७५ रन जोडे । बलिङतर्फ भारतका मोहम्मद शमीले ५ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)