मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिममा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना कति ?

ratopati.com

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले २७ गतेभित्र सरकार गठनको लागि आह्वानको डेडलाइन घर्किँदै गएपछि दलहरूको बेचैनी चुलिएको छ । पुस १० गतेयता विकसित राजनीतिक घटनाक्रमपछि कुनै पनि गठबन्धनको स्पष्ट बहुमत देखिएको छैन । दलहरू आपसी छलफल, संवादमा व्यस्त रहनका साथै शक्ति केन्द्र धाउन थालेका छन् । यहाँका दलका नेताहरू संघीय राजधानी केन्द्रित समेत भएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार बनाउनमा आफूहरूको कसैलाई समर्थन नरहेको स्पष्ट पारेपछि बहुमतको जोड घटाउ गर्दै आएका माओवादी–एमाले नेतृत्वको गठबन्धन निराश बनेको छ । त्योभन्दा बढी नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीहरूलाई रिहाइसहित मुख्यमन्त्री पद नै दाबी गरेपछि उनीहरूलाई नराम्ररी झस्किएका छन् । उनीहरू नागरिक उन्मुक्तिलाई फकाउँदै आएका छन् । तर नागरिक उन्मुक्तिलाई अन्य पद दिएर आफ्नै नेतृत्वमा सरकार बनाउने उनीहरूको रणनीति छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)