हरिनास गाउँपालिका अध्यक्ष मानन्धरले दिए फेसबुकमा राजिनामा
rajdhanidaily.com · Sun Apr 21 23:35:30 UTC 2024

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाका प्रमुखले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । गाउँपालिका प्रमुख खिमनारायण मानन्धरले सामाजिक संजाल मार्फत अध्यक्ष पदबाट राजिनामा दिएको जानकारी दिएका हुन् । मानन्धरले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत लामो स्टाटस लेखेर अध्यक्ष पदबाट राजिनामा दिएको उल्लेख गरेका छन् । सामाजिक संजालमा राजिनामा दिएपछि अहिले सम्म उनी सम्पर्क बिहिन रहेको र झण्डै एकहप्ता देखी पालिका समेत नगएको बताइएको छ ।
अध्यक्ष मानन्धरले नेकपा एमाले स्याङ्जाको नवौ अधिवेसनमा असन्तुष्टि जनाउदै पालिका अध्यक्ष पदबाट राजिनामा दिएको सामाजिक संजालमा लेखेका छन् । उनले सामाजिक संजालमा हरुवाहरुको पाटी एमाले स्याङ्जा भन्दै राष्ट्रिय दिदी पद्मा अर्याल र नारायण मरासिनी जस्ता हरुवाहरुकै गोजिबाट नाम निकालेर नवौ जिल्ला कमिटी पदाधिकारीमा पर्नुहुने सबैलाई बधाई दिदै असन्तुष्ट पोखेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)