मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तनहुँ-१ मा रास्वपाका वाग्लेलाई सुरुवाती अग्रता

ekantipur.com · Sun Apr 23 21:26:01 GMT 2023

काठमाडौँ — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार सुरुवाती मतपरिणाममा वाग्ले ८४६ मतसहित अगाडि रहेका छन् ।

त्यस्तै कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ५५१ मत ल्याउँदा एमाले उम्मेदवार सर्वेन्द्र खनालले ३२९ मत प्राप्त गरेका छन् । सुरुमा भानु नगरपालिका वडा नम्बर १० को मत गनिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)