आगामी बजेट अर्थतन्त्रको संरचनात्मक रोग निको पार्ने ‘एन्टीबायोटिक’ : रास्वपा
gorkhapatraonline.com · Wed Jun 10 14:18:01 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटले दशकौँदेखिको परम्परागत शैली र यथास्थितिवादलाई चिर्दै अर्थतन्त्रको समग्र समस्या समाधानका लागि ‘सर्जिकल अपरेसन’ गरेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभामा बुधबार राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै सांसद अधिकारीले यो बजेट नेपालको अर्थतन्त्रलाई विप्रेषण, आयात र बेरोजगारीको चक्रबाट उत्पादन र रोजगारीतर्फ लैजाने सकारात्मक कदम भएको दाबी गर्नुभयो । बजेटले निजी क्षेत्रलाई आर्थिक विकासको इन्जिनका रूपमा स्वीकार्दै खस्किएको मनोबल उकास्ने दिशा निर्देश गरेको उहाँको भनाइ थियो । अदालतमा विचाराधीन रहेका मुद्दाहरूमा निर्धारित करको एक प्रतिशत मात्र बुझाएमा सम्पूर्ण जरिवाना र ब्याज मिनाहा हुने व्यवस्थाले उद्योगीहरूलाई ठूलो राहत पुग्ने उहाँले उल्लेख गर्नुभयो । भन्सार प्रशासनलाई सरलीकृत गर्दै भन्सार दरका ११ तहलाई सात तहमा झारिएको र २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको विषयलाई उहाँले बजेटको सबल पक्षका रूपमा प्रस्तुत गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
स्वर्णिम वाग्ले