सुदूरपश्चिमका २६ पालिकाले उठाएनन् रासायनिक मल, किसान मारमा
shilapatra.com · Wed Jun 10 14:03:00 GMT 2026

सुदूरपश्चिम प्रदेशका नौ जिल्लाको २६ पालिकालाई विनियोजन गरिएको रासायनिक मल हालसम्म नउठाएको पाइएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि मल उठाउने विषयमा चासो नदिएको अवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले गरेको पछिल्लो निर्णयअनुसार डडेलधुरा, बैतडी, दार्चुला, बाजुरा, बझाङ र डोटी जिल्लाका स्थानीय तहले तोकिएको परिमाणको मल नउठाएको कृषि सामग्री र साल्ट ट्रेडिङको तथ्यांक छ । साथै कैलालीको गोदावारी नगरपालिकाले २१ हजार २३० किलो, गौरीगञ्ज नगरपालिका छ हजार ६९० किलो, जानकी गाउँपालिकाले १० हजार २५० किलो र धनगढी महानगरपालिकाले २१ हजार ५०० किलो रासायनिक मल उठाएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
साल्ट ट्रेडिङ कर्पोरेशन