वीरेन्द्र तालमा हिमपहिरो खस्दा…
rajdhanidaily.com · Sun Apr 21 23:36:56 UTC 2024

पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका–१, वीरेन्द्र तालमा आइतबार बिहान एक्कासि हिमपहिरो खस्यो । स्थानीयका अनुसार मनास्लु हिमालबाट ठूलो आवाज आउनेगरी हिमपहिरोसहित चट्टान खस्दा तालमा पानीको बहाव बढेर बाढीको रूप लियो ।
आइतबार बिहान ८ बजेर ४५ मिनेटमा भएको सो घटनामा बाढीले सामागाउँको कच्ची पुल बगाएको छ । तालको पानी बूढीगण्डकीमा मिसिने भएकाले नदीमा बढेको बहावका कारण क्षति हुन नदिन तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)