जनस्वास्थ्यको सवालमा महानगरले कुनै कुरामा सम्झौता गर्दैन : बालेन शाह
farakdhar.com · Sun Jun 26 14:43:28 GMT 2022
जनस्वास्थ्यको सवालमा महानगरले कुनै पनि कुरामा सम्झौता नगर्ने काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) बताएका छन् । काठमाडौंमा हैजाको प्रकोप फैलिन नदिन नागरिकलाई पानी उमालेर मात्र प्रयोग गर्न अपिल गर्दै उनले आज यस्तो बताएका हुन् ।
‘जुनसुकै स्रोतको भए पनि पानी उमालेर मात्र पिउनुहोला । स्वास्थ्यमा कुनै गडबडी देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोला । महानगरले आफ्नोतर्फबाट गर्नु पर्ने कामहरु अगाडि बढाइरहेको छ’ उनको अपीलमा उल्लेख छ ।
अहिले वडा २८ को बागबजार र २९ को डिल्लीबजार क्षेत्रमा हैजाका जीवाणु देखिएको छ । जनस्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीका अनुसार, काठमाडौँ महानगरका २ जना गरी उपत्यकाका १२ जना विरामी अस्पतालमा हैजाको उपचार गराइरहेका छन् ।
हैजाका जीवाणु देखिएका ठाउँहरूबाट महानगरले पानीको नमूना लिएर परीक्षण गर्ने, पानीको स्रोत र ढल निकासको अवस्था निरीक्षण तथा सुधार गर्ने, सचेतनाका लागि घरदैलो कार्यक्रम गर्ने कार्यक्रम गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)