मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल वाफ च्याम्पियनसिपको सेमिफाइनलमा, सावित्रा भण्डारीको कीर्तिमानी प्रदर्शन

Ujyaaloonline.com · Fri Feb 23 00:47:52 GMT 2024

काठमाण्डौ – नेपाली महिला राष्ट्रिय फुटबल टोली वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको दोस्रो खेलमा नेपालको जितसँगै प्यालेस्टाइनले सिरियालाई हराएपछि समूह बी बाट सेमिफाइनल जाने दुई टोलीको टुङ्गो लागेको हो । साउदी अरबमा जारी आठ वटा राष्ट्र सम्मिलित प्रतियोगिताको दुवै समूहबाट शीर्ष २ टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले पहिलो खेलमा सिरियालाई ४–१ तथा दोस्रो खेलमा हिजो इराकलाई ५–० ले हराउँदै ६ अङ्क जोडिसकेको छ । हिजोको खेलमा नेपालका लागि सबै गोल सावित्रा भण्डारीले गरेकी हुन् । योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा ५० राष्ट्रिय टोलीका लागि ५० गोल पूरा गरेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)