अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सेमिनार सुरु
baahrakhari.com · Sun Feb 07 16:56:00 UTC 2021
काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु विषयमा दुईदिने सेमिनार आजबाट सुरु भएको छ । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले सेमिनारको आरम्भ गर्दै कार्यक्रमले सीमा सुरक्षा जस्तो गम्भीर तथा महत्त्वपूर्ण विषयमा हुने आन्तरिक छलफल तथा विज्ञहरुबाट प्राप्त हुने राय सुझावबाट नीति निर्माण एवं सीमाको कुशल व्यवस्थापनमा महत्वपूर्ण योगदान पुग्ने बताएका छन् ।
२३ असार ०७७ मा मन्त्रिपरिषद्बाट स्वीकृत भएको “राष्ट्रिय सुरक्षा नीति २०७५ कार्यान्वयनको एकीकृत कार्ययोजनाबमोजिम नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरुको पहिचान गरी नेपाल सरकारलाई सिफारिस गर्ने लक्ष्यसहित सेमिनार भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)