कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा, आउँदो हप्तादेखि मनसुन बाहिरिने अनुमान
Ujyaaloonline.com · Sun Oct 09 00:52:05 GMT 2022
काठमाण्डाै - कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा गएराति भारी वर्षा भएको छ । लुम्बिनीका केही पश्चिमी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई वटा प्रदेशमा आज पनि ठूलो पानी पर्ने सम्भावना छ ।
हिजो दिउँसोदेखि नै ठूलो पानी परेकाले खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधर लगायत साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होँचा र डुबान हुने ठाउँमा सतर्क रहन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)