मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

वेस्ट इन्डिजविरुद्ध भारत दुई विकेटले विजयी

ratopati.com

रोमाञ्चक दोस्रो खेलमा दुई विकेटको जित निकाल्दै भारतले वेस्ट इन्डिजविरुद्धको तीन एक दिवसीय शृङ्खला एक खेल अघि नै कब्जा गरेको छ । आइतबार राति ३१२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै रोमाञ्चक जित निकाल्यो ।

भारतका अक्षर पटेलले आक्रामक ब्याटिङ गर्दै ६४ रन बनाए । यस्तै, श्रेयस ऐयर ६३ रन, सञ्जु स्यामसन ५४ रन, सुभमन गिलले ४३ रनको योगदान गरे । वेस्टइन्डिजका अल्जारी जोशेफ र काइल मेयर्सले समान दुई विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)