मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग पूर्णरूपमा खुल्यो

Ujyaaloonline.com · Fri Apr 12 23:37:05 UTC 2024

पाल्पा – पाल्पाकाे सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुलेको छ । पाल्पाको सिद्धबाबामा सुरुङ खन्न दैनिक छ घण्टा राजमार्ग बन्द हुँदै आएकोमा आजदेखि खुलेको हो ।

गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो । सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ सालकाे फागुनमा ठेक्का सम्झौता भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)