एसीसी प्रिमियर कप क्रिकेटमा नेपालकाे विजयी शुरुवात, मलेसियालाई हरायाे
Ujyaaloonline.com · Fri Apr 12 23:37:35 UTC 2024
काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी शुरुवात गरेकाे छ । आज भएकाे खेलमा नेपालले मलेसियालाई ५ विकेटले हरायाे ।
मलेसियाले दिएकाे १ सय ४४ रनकाे लक्ष्य नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायाे । नेपालका कप्तान राेहित पाैडेल र आसिफ शेखले समान ३२, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरीले २०, गुल्सन झाले नट आउट १९, सन्दीप जाेराले नट आउट १२ रन बनाए । बलिङतर्फ मलेसियाका वीरनदीप सिंहले ३ विकेट लिए ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)