कप्तान दीपेन्द्र ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा
gorkhapatraonline.com · Wed Jun 10 14:27:26 GMT 2026
नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान एवं अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले प्रदान गर्ने ‘आइसिसी प्लेयर अफ दि मन्थ’ अवार्डको मनोनयनमा पर्नुभएको छ ।
आइसिसीले बुधबार सार्वजनिक गरेको गत मे महिनाको उत्कृष्ट खेलाडी अवार्डको मनोनयनमा दीपेन्द्रलाई समेटेको हो । दीपेन्द्रले हालै विश्वकप लिग–२ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयनमा पर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)