सकियो 'ऐना' को पहिलो सिजन
ratopati.com
द होराइजन मल्टिमिडिया प्रालिले सामाजिक विषयवस्तुमा आधारित टेलिभिजन कार्यक्रम 'ऐना'को पहिलो सिजन सम्पन्न भएको जनाएको छ । कान्तिपुर टेलिभिजनमा २०७७ माघ ७ गतेदेखि २०७८ असार ३० गतेसम्म ऐनाका २६ एपिसोड प्रसारण भएका थिए । आइतबार एक कार्यक्रम आयोजना गरी ऐनाको प्रोडक्सन कम्पनी द होराइजन मल्टिमिडियाले प्रायोजक र टिमका सदस्यलाई 'टोकन अफ लभ' र प्रमाणपत्र वितरण गरेकाे छ ।
कार्यक्रममा ऐनाको शीर्षक प्रायोजक ग्लोबल आइएमई बैङ्क लिमिटेडका अध्यक्ष एवं नेपाल उद्योग-वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले ऐनाजस्तो सामाजिक रूपान्तरणको अभियान बोकेको कार्यक्रममा सहकार्य गर्न पाउँदा गर्व लागेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)