मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

'फाइनलको मज्जा लिने हो'

ekantipur.com · Sat May 28 01:06:29 GMT 2022

म्याड्रिड — कार्लो एन्सेलोट्टी जत्तिको अनुभवी र शान्त प्रशिक्षक बिरलै पाइएला । रियल म्याड्रिडले उनलाई सफलताकै लागि भनेर फिर्ता बोलाएको थियो । र, सफलता पनि मिलेको छ रियललाई । यसकै एउटा कडी हुनेछ रियलले शनिबार खेल्ने युरोपेली च्याम्पियन्स लिगको फाइनल । अहिलेसम्म कोही पनि प्रशिक्षकले पाँचपल्ट च्याम्पियन्स लिगको फाइनल खेलेको कीर्तिमान छैन । जुन अब यी ६२ वर्षीय प्रशिक्षकमा नाममा बन्ने छ ।

अझ पछिल्ला चार फाइनलमध्ये तीनमा उनको टिम नै विजयी छ । यसमध्ये पनि पहिलो सफलता सन् २००३ मा मिलेको थियो । दुई दशकजति अगाडि एसी मिलानका लागि । तर, उनी जत्तिका प्रशिक्षक भने च्याम्पियन्स लिगको फाइनल भनेपछि आत्तिने रहेछन् । उनले ठट्यौलो पारामा भनेका छन्, ‘खेल अगाडिको ३–४ घण्टा वास्तवमै निकै तनावपूर्ण हुन्छ । शारीरिक रूपमा पनि यो समय गाह्रो हुन्छ । यसपल्ट मैले अलि बढी नै तनाव बेहोरेको छु ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)