मौलापुरमा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता
ekantipur.com · Sat Mar 09 17:10:27 GMT 2024
रौतहट — रौतहटको मौलापुरमा शनिबार अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको छ । नेपाल भारतका प्रख्यात कुस्तीवाजहरुले प्रतियोगीतमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय गोल्ड मेडलिस्ट भारतीय महिला पहलवान ‘बबिता फोगाट’ पनि यहाँ आएकी छन् ।
मधानी महायज्ञको अवसरमा आयोजित कुस्ती प्रतियोगितामा भारतको राजस्थानका गंगा पहलवान, दिल्लीका अबु पहलवान, ईलाहावादका रमेश पहलवानले भाग लिएका थिए । महिलातर्फ भारतको गोरखपुरका मिनु पहलवान, पन्जावका राधिका पहलवान, हरियाणका पुनम पहलवानले भाग लिएका थिए । प्रतियोगीतामा पुनले जित हात पारिन् । भारतकै सुरेन्द्र पासवान बराबरी भए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)