नेत्रहीन महिला क्रिकेट टोलीलाई १८ लाख प्रदान
ratopati.com · Sun Jan 04 17:52:40 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेत्रहीन महिला टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको उपविजेता नेपाली महिला क्रिकेट टोलीलाई रु १८ लाख ५० हजार प्रदान गरेको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले खेलाडीलाई जनही रु एक लाख र व्यवस्थापकलाई रु ५० हजार प्रदान गरेका हुन् । गत कात्तिक २४ देखि मङ्सिर ७ गतेसम्म भारत र श्रीलङ्कामा उक्त प्रतियोगिता आयोजना गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)