मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप र एसियन कपको छनोटमा नेपालले आज जोर्डनसँग खेल्ने

Ujyaaloonline.com · Mon Jun 07 00:38:57 GMT 2021

काठमाण्डाै - फिफा विश्वकप सन् २०२२ तथा एसियन कप सन् २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले आज जोर्डनसँग खेल्दैछ । खेल राति पौने १० बजे कुवेतको कुवेत सिटीमा रहेको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ ।

यसअघि नेपालले चाइनिज ताइपेईमाथि २–० गाेलको जित निकालेको थियो । आज पनि उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी भएको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् । चाइनिज ताइपेईलाई हराउनुअघि इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)