गाडीको ठक्करबाट सशस्त्र प्रहरीका हवलदारको मृत्यु
nepallive.com · Wed Sep 27 01:11:00 GMT 2023
बैतडी– बैतडीमा गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ। जिल्लाको पाटन नगरपालिका ८ हरिचन घर भई सशस्त्र प्रहरी बाजुरामा कार्यरत हवलदार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट गएराति मृत्यु भएको हो।
बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्ग अन्तर्गत हरिचन मोडमा गाडीले राति १ बजेतिर ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)