जापान त्यसै विकसित भएको हैन
hamrakura.com · Sat Jun 17 00:00:00 GMT 2023
२०६३ सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट मेकानिकल इञ्जिनियरिङमा त्रिभुवन विश्वविद्यालय प्रथम भई बीई पास भएपछि छोरा ध्रुव हेटौँडामा अल्कोहा बहुराष्ट्रिय कम्पनीमा काम गरिरहेका थिए । जापानी दूतावासले जापान सरकारको छात्रवृत्तिमा जापानमा मास्टर्स पढ्न जानको लागि आवेदन आह्वान गरेकोमा ध्रुव लिखित र अन्तर्वार्ता दुवैमा सफल भए ।
ध्रुव २०६५ साल चैत १८ गते जापानको टोकियो विश्वविद्यालयमा इञ्जिनियरिङ विषयमा मास्टर्स गर्ने गरी जापान गए । मास्टर्स पूरा भएपछि सोही छात्रवृत्ति अन्तर्गत पीएचडीको लागि निरन्तरता पाई सोही विश्वविद्यालयबाट पीएचडी पूरा गरे । २६ सेप्टेम्बर २०१४ मा पीएचडीको दीक्षान्त समारोह हुने निश्चित भइसकेपछि सो कार्यक्रममा सहभागी हुन हामीहरु जानका लागि आवश्यक कागजातहरु बुहारी सपना छोरी सरिताको विवाहमा जापानबाट आउँदा लिएर आएकी थिइन् । हामीहरुले जापानी दूतावासमा कागजातहरु पेश गरी मेरो र पत्नी भगवतीको भिसा लियौँ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)