दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाइटेड टोटनहमसँग बराबरीमा रोकियो
onlinekhabar.com · Fri Apr 28 00:56:03 GMT 2023
१५ वैशाख, काठमाडौं । प्रिमियर लिगमा बिहीबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड र टोटनहमले २–२ को बराबरी खेलेका छन् । टोटनहमको मैदानमा युनाइटेडले पहिलो हाफमै दुई गोल गरेपनि अग्रता जोगाउन नसक्दा बराबरी खेल्दै अंक बाँड्नुपरेको हो ।
खेलको सातौं मिनेटमै जाडोन सान्चोले मार्कुस रासफोर्डको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । रासफोर्डले ४४औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)