धनकुटामा यातायात कार्यालयका प्रमुखमाथि दुर्व्यवहार
ekantipur.com · Wed Jan 25 16:36:44 GMT 2023
धनकुटा — जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई बुधबार एक समूहले दुर्व्यवहार गरेको छ । घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका छन् ।
तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । 'कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो,' उनले भने, 'मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)