माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
ratopati.com · Tue Jul 14 01:02:24 GMT 2026

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमास्थित हेंवा खोला किनारमा रहेको माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण सम्पन्न भएको छ ।
सिँचाइ तथा जलस्रोत आयोजना कार्यालय झापाले माझीटारको बस्ती र खेतीयोग्य जमिन संरक्षणका लागि हेंवा खोलाको दुवैतर्फ तटबन्ध निर्माण गरेको हो । हिलिहाङ गाउँपालिकातर्फ १८० मिटर र फिदिम नगरपालिकातर्फ ९६ मिटर लामो तटबन्ध निर्माण गरिएको आयोजना कार्यालयका प्राविधिक दिनेश सुवेदीले जानकारी दिए । उनका अनुसार तटबन्ध तीन मिटर उचाइको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)