मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले पालिका अधिवेशन : आकांक्षी धेरै हुँदा भक्तपुरमा नेतृत्व चयनमा समस्या 

nepallive.com · Thu Oct 28 01:12:00 GMT 2021

काठमाडौं– आकांक्षी धेरै भएपछि नेकपा (एमाले)को नगर अधिवेशनमा भक्तपुरका चारवटै नगरपालिकामा नेतृत्व चयन गर्न सकस भएको छ। एमालेको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगर कमिटीको मंगलबार प्रथम नगर अधिवेशनको उद्घाटन सम्पन्न गरी बुधबारदेखि चारवटै पालिकामा सुरु भएको बन्द सत्रले साँझ ६ बजेसम्म कुनै पनि पालिकामा नयाँ नेतृत्व चयन गर्न सकेको छैन।

एमाले जिल्ला अध्यक्ष वचन देउजाले भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा बुधबार बन्द सत्र सुरु हुन नसकेको जानकारी दिँदै आजदेखि बन्द सत्र सुरु गरिने बताए। चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बिहीबार बिहानैदेखि बन्द सत्र सुरु गरेर नयाँ नेतृत्वमा सहमतिको प्रयास जारी रहेको उनले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)