मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

कैदी नेतासामु किन निरीह बन्छ सरकारी निकाय ?

annapurnapost.com · Sat Aug 05 01:06:25 GMT 2023

झापा : झापा कारागारमा शुक्रबार दिउँसो २ बजेसम्म अवस्था सामान्य नै थियो। जब कारागार प्रशासनले चौकीदार बन्न लागेका भाइ चौकीदार मनोज लावतीलाई त्यहाँबाट निकालियो। हतकडी लगाइयो र झुम्का कारागार सुनसरी लैजान लाग्यो, अनि अवस्था असामान्य बन्यो, कैदीबन्दी आन्दोलित भए। कारागारभित्रै आगजानी गर्दै नारा जुलुस लगाएर छतमा चढ्न थाले। अवस्था असामान्य बनेपछि कारागार वरिपरि सुरक्षाकर्मी परिचालन गरियो। त्यतिबेलासम्ममा करिब साढे २ बजेको थियो।

कैद सजाय भोगिरहेका लावतीलाई किन अन्यत्र पठाउन त्यहाँका कैदी चाहँदैनन् ? र, कारागार विभागको निर्देशन भन्दै झापा कारागार प्रशासन उनलाई किन झुम्का पठाउन चाहन्छ ? प्रष्ट कारण अनुत्तरित छ। झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भन्छन्, ‘विभागबाट सरुवा गर्नु भन्ने पत्र आएकाले उनलाई झुम्का सरुवा गर्न लागिएको थियो।’ उनले सरुवाको कारण खुलाएनन्। तर, कैदीबन्दी भने यसमा ठूलो चलखेल भएको आरोप लगाउँछन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)