अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
ratopati.com · Wed Jun 10 14:47:57 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँ चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
काठमाडौँ