विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
arthasansar.com

नेपालको विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार नेपालको कुल विदेशी मुद्राको सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनमा विदेशी मुद्राको सञ्चिति ४०.३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८३ जेठ मसान्तमा २६.५ प्रतिशतले वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)