स्याङ्जाको आँधीखोलामा एमालेका पौडेल निर्वाचित
ekantipur.com · Mon May 16 18:01:47 GMT 2022
स्याङ्जा — आँधीखोला गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका विश्व पौडेल विजयी भएका छन् । प्रमुख प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेमराज पौडेललाई ८ सय २६ मतले पछाडि पार्दै पौडेल विजयी भएका हुन् । पौडेलले ५ हजार १ सय ७७ मत ल्याएका छन् भने प्रेमराजले ४ हजार ३ सय ५१ मत प्राप्त गरेका छन् ।
यस्तै, प्रमुख प्रतिद्वन्द्वी एकीकृत समाजवादीका रामचन्द्रप्रसाद पौडेललाई १ हजार ४ सय ५६ मतान्तरको फरकमा उपाध्यक्ष पदमा एमालेकै सीता थापा विजयी भएकी छन् । थापाले ५ हजार २ सय ७३ मत ल्याएकी छन् भने, रामचन्द्रले ३ हजार ८ सय १७ मत प्राप्त गरेका छन् । यसभन्दा अघि आँधीखोलामा एमालेबाटै अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)