आत्मदाह प्रयास गरेका विवेक मण्डलको मृत्यु
lokaantar.com

आत्मदाह प्रयासपछि घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको मृत्यु भएको छ । शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।
उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा. किरण नकर्मीले जानकारी दिए । मण्डलको शरीरको करिब ८५ प्रतिशत भाग गम्भीर रूपमा जलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)