सुनपानी सुशासन
nepalviews.com · Wed Jun 10 14:45:39 GMT 2026

आइफोन– ७ वटा । अरु स्मार्टफोनहरू– ४८९ वटा । स्मार्ट वाच– ५ वटा । अनुमानित बजार मूल्य– १ करोड रुपैयाँभन्दा बढी । सबै स्मार्ट जिनिसहरू झ्यामझिरिप !
सुशासन के हो ? सिरहाका सिडिओलाई सोध्नुस् । सुशासन कस्तो देखिन्छ ? ट्याङ्कीको पानीमा डुबाइएका करोडौंका स्मार्ट फोन र स्मार्ट वाचमा हेर्नुस् । चौबिस घण्टा पानीमा डुबाएर निकालेपछि घनले झ्याम्का-झ्याम् फुटाउने स्मार्ट कर्मचारी र स्मार्ट प्रहरीका आँखामा हेर्नुस् । त्यो घटनाको विरोधमा उत्रिएका विद्यार्थी र तिनका अभिभावकको नाराजुलुसमा हेर्नुस् । जाबो एक करोड त के हो र ! सुशासन एक करोडमा पाइन्छ ? सिस्टम एक करोड जोगाएर बन्छ ? एसईई र कक्षा १२ को जाँच दिने जेन जीलाई सुशासनको पाठ पढाउनु सानो कुरा हो ? उनीहरूका बाबुआमा, नातागोता, इष्टमित्र, छरछिमेकीलाई भोट कसलाई र किन दिएको हो भनेर बुझाउनु परेन ?्
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)